१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

११ दिनदेखि सम्पर्कबिहीन कटारीकी धनकुमारी बुढाथोकी

प्रकाशित मिति :  २२ आश्विन २०८०, सोमबार ११:४९


उदयपुर । उदयपुरकाे कटारीबाट सिराह लहान जाने भन्दै घरबाट हिडेकी एक महिला बेपत्ता भएकी छन् ।

कटारी नगरपालिका वडा नम्बर- २ खोक्साकी ३९ वर्षीया धनकुमारी बुढाथोकी ११ दिनदेखि सम्पर्कबिहीन भएकाे परिवारका एक सदस्यले जानकारी दिनुभयाे ।

वैदेशिक राेजगारीकाे सिलसिलामा ६ महिना देखि मलेसियामा रहेका श्रीमान् खीलबहादुर बुढाथोकीसँग बेपत्ता हुनुभन्दा २ दिनअघि असोज १० गते बिहान केहीबेर कुराकानी भएकाे थियाे । असोज १२ गते शुक्रबार बिहान पौने १० बजेतिर घरबाट हिडेकी धनकुमारी बेपत्ता भएकी हुन् ।

हराएकी धनकुमारीलाई माईत, नलनाता, इष्टभित्र सबैतिर खोजी कार्य भइसके पनि पत्ता लागेको छैन ।

आफन्तले उनको खोजीका लागि इलाका प्रहरी कार्यालय कटारीमा जाहेरीसमेत दिइसकेकाे छ । प्रहरीका अनुसार खाेजी कार्य भइरहेकाे छ ।

दुई सन्तानकी आमा धनकुमारी वेपत्ता भएसँगै घर-परिवार चिन्तित छन् । धनकुमारी सम्पर्कबिहीन भएपछि घरमा बालबच्चाको समेत बिचल्ली भएकाे स्थानीय बताउँछन् ।

रोजगारका लागि ६ महिना देखि मलेसियामा रहेका श्रीमान खीलबहादुरले श्रीमती धनकुमारीको खोजीकार्यमा सहयोग गर्न सबैमा आग्रह गरेका छन् । फेला परे नजिकैको प्रहरी चौकी वा मोवाईल नम्बर ९८५२८४५९०२, ९८१८७०७२१०, ९८१८४८०३७७ र ९८६४००२२४८ मा खबर गर्न अनुरोध गरिएको छ ।

‘दुई सन्तानकी आमा एक्कासी वेपत्ता हुँदा सन्तानकाे बिचल्ली भएकाे छ’ वडा नम्बर २ का वडा सदस्य रामप्रसाद गाैतमले राइजिङसन खबरलाई बताउनुभयाे- ‘बालबच्चाकाे त बिचल्ली भयाे भयाे, घर-परिवार मात्र हाेइन सारा गाउँ नै चिन्तित छ ।’

‘खाेजीकाे लागि चारै तिर सहयाेग मागिरहेका छाैं । कहिँ कतै कसैले देखे सम्पर्कमा ल्याइदिन अनुराेध गर्दछाैं’ गाैतमले भन्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !