२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस उम्मेदवार डम्बर खड्काद्वारा इलाम-२ मा मतदान

प्रकाशित मिति :  १५ बैशाख २०८१, शनिबार १६:१४


काठमाडाैं । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम क्षेत्र-२ मा जारी प्रतिनिधि सभा सदस्य उपचुनावमा मतदान गर्नुभएकाे छ ।

इलामा-२ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस ‘क’ केन्द्रबाट खड्काले शनिबार बिहान मतदान गर्नुभएकाे हाे । इलाम-२ मा कांग्रेसका खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ र रास्वपाका मिलन लिम्बूसहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

०७९ मा भएको चुनावमा कांग्रेस नेता खड्का एमालेका सुवास नेम्वाङसँग जम्मा १ सय १४ मतान्तरले पराजित हुनुभएकाे थियाे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएकाे थियाे ।

संयाेगबस याे उपचुनावमा खड्का सुवासका छाेरा सुहाङसँग प्रतिष्पर्धामा हुनुहुन्छ । त्यहाँबाट चुनाव जितेका नेम्वाङकाे निधन भएपछि साे क्षेत्रमा उपचुनाव भएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !