२८ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विस्फोटमा परी २० कम्बोडियाली सैनिकको गयाे ज्यान

प्रकाशित मिति :  १५ बैशाख २०८१, शनिबार २१:३५


कम्बोडिया । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कम्बोडियाको पश्चिममा रहेको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० जना कम्बोडियाली सैनिकको मृत्यु भएको शनिबार बताउनुभएको छ ।

प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत् जारी गरेका एक शोक सन्देशमा सैनिकको विस्फोटमा परी ज्यान गएकाे उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “शनिबार दिउँसो कम्पोङ स्पेउ प्रान्तको सैनिक शिविरमा भएको विस्फोटमा कैयौँ सैनिक घाइते भएका छन् ।

‘गोलाबारुद विष्फोटको घटनाको खबरले म स्तब्ध भएको छु,” हुन मानेटले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भन्नुभयो ।

विष्फोटको कारण खुल्न सकेको छैन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरूमा भत्किएको एक तले भवन धुवाँमा डुबेको देखिन्छ भने नजिकैको एक गाउँका बासिन्दाले पनि झ्यालहरु फुटेको तस्बिरहरू अनलाइनमा शेयर गरेका छन् ।

प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा आफूले रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताउनुभएको छ ।

-रासस



प्रतिक्रिया दिनुहोस !