१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टी-२० सिरिज : नेपालले वेस्ट इण्डिज ‘ए’ लाई ४ विकेटले हरायाे, राेहितकाे शतक

प्रकाशित मिति :  १५ बैशाख २०८१, शनिबार १६:२३


काठमाडाैं । वेस्ट इण्डिज ‘ए’ सँगकाे ५ खेलकाे टी-२० क्रिकेट सिरिजमा नेपालले विजयी सुरुआत गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएकाे सिरिजकाे पहिलाे खेलमा नेपाली राष्ट्रिय क्रिकेट टाेलीले वेस्ट इण्डिज ‘ए’ लाई ४ विकेटले हराउँदै विजयी सुरुआत गरेकाे हाे ।

वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २ सय ५ रनकाे लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍याे । नेपालका कप्तान राेहित कुमार पाैडेलले शतकीय पारी खेले । राेहितले ५४ बलमा १ सय १२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले २४, कुशल भुर्तेलले १६ र कुशल मल्लले पनि १६ रन बनाए ।

बलिङतर्फ वेस्ट इण्डिज ‘ए’ का ओबेड मकोए र म्याथ्यु फोर्डले समान २-२ तथा किमो पलले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे वेस्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । वेस्ट इण्डिजका ‘ए’ का लागि कप्तान राेस्टन चेजले ७४ र एलिक अथान्थीले ४७ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनास बोहराले समान १-१ विकेट लिए ।


452
Shares

प्रतिक्रिया दिनुहोस !