२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपचुनाव : इलाम र बझाङमा मतदान जारी, अहिलेसम्म कति प्रतिशत मत खस्याे ?

प्रकाशित मिति :  १५ बैशाख २०८१, शनिबार १६:३८


काठमाडाैं । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर-२ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर-१ (१) मा उपचुनावअन्तर्गत अहिले मतदान जारी छ ।

बिहान ७ बजदेखि सुरु भएकाे मतदान जारी रहेकाे हाे । दुवै क्षेत्रतर्फ शान्तिपूर्ण रुपमा मतदान भइरहेको दुवै जिल्लाका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

इलाम-२ मा दिउँसो साढे ३ बजेसम्ममा करिब ५२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

बझाङ क्षेत्र नम्बर-१ (१) मा दिउँसाे ३ बजेसम्म ४३ प्रतिशत मत खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र बझाङ-१ (१) का प्रदेश सभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएका दुवै जिल्लामा आज उपचुनाव भएकाे हाे ।

मतदान सकिएलगत्तै मतपेटिका संकलन गरी आजै मतगणना सुरु गरिने आयाेगले जनाएकाे छ । मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !