२४ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चितुवाको आक्रमणबाट एक युवक घाइते

प्रकाशित मिति :  १४ बैशाख २०८१, शुक्रबार १६:५७


महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् । वनमा स्याउला टिप्न गएका बेला चितुवाले उहाँलाई आक्रमण गरी घाइते बनाएको हो । घाइते धामीको कैलालीको धनगढीमा उपचार भइरहेको छ ।

यहाँको पारिफाँटा, मरभोजलगायत क्षेत्रमा पछिल्लो समय चितुवाले स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन् । भवगती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताउनुभयो । उनको हात र टाउकोमा घाउ छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !