१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुरू भयाे काेराेनाविरूद्धकाे खाेप अभियान

प्रकाशित मिति :  २१ माघ २०७७, बुधबार ०५:४६


काठमाडाैं । नेपालमा कोरोनाविरुद्धको खाेप अभियान आजदेखि सुरू भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्नुभएकाे हाे । याेसँगै नेपाल काेराेनाविरूद्धकाे लडाई‌ं नयाँ चरणमा प्रवेश गरिएकाे प्रधानमन्त्रीले बताउनुभयाे ।

उद्घाटन लगत्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा.सागर राजभण्डारी र दोस्रो डा. अनुप बाँस्तोलाले लगाउनुहुनेछ ।

सरकारले सातै प्रदेशका ६२ अस्पताल र १ सय २० केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाइने बताइसकेकाे छ । काठमाडौं उपत्यकामा १७ केन्द्रबाट खाेप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

काठमाडौंमा शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल लगायत १२ अस्पतालमा खाेप लगाइनेछ । ललितपुरमा ३ र भक्तपुरमा २ अस्पतालमा खोप केन्द्र बनाइएको छ । मोरङमा ३, कास्कीमा २, बाँकेमा २ र बाँकी ७१ जिल्लामा १-१ केन्द्र बनाइएकाे छ ।

पहिलो चरणमा कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।भारतले अनुदानमा दिएको १० लाख डाेज ‘कोभिशिल्ड’ खोप लगाउन थालिएकाे हाे । सरकारले चाँडै नै थप ४० लाख डाेज खाेप खरिद गर्ने बताइसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !