१९ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारले जनअपेक्षा अनुसार काम गर्ने : केपी ओली

प्रकाशित मिति :  ६ बैशाख २०८१, बिहीबार १९:३५


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनअपेक्षा अनुसार काम गर्ने बताउनुभएकाे छ ।

बिहीबार गृह जिल्ला झापाकाे गाैरादहमा आयाेजित कार्यक्रममा अध्यक्ष ओलीले नयाँ समीकरण देश र जनताका लागि बनेकाले जनअपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

एमालेले सरकार छाडेपछि विकासकाे गति राेकिएकाे भन्दै उहाँले अहिलेकाे सरकारले विकासका काम अघि बढाउने बताउनुभयाे । एमालेले सरकारमा छँदा ३ वर्षकाे अवधिमा धेरै काम गरेकाे भन्दै अध्यक्ष ओलीले एमालेले कसरी काम गर्छ भन्ने कुरा जनताले बुझेका बताउनुभयाे ।

देशकाे विकास नचाहाने तत्वहरु एमाले विरुद्ध लागेका भन्दै उहाँले तीनै तत्वले अहिलेकाे नयाँ समीकरण समेत भत्काउने प्रयास गरिरहेका बताउनुभयाे ।

समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा आफूहरु लागिपरेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

कार्यक्रममा विभिन्न दलका नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !