१९ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेश सरकारमा ६ जना मन्त्री थपिए

प्रकाशित मिति :  ६ बैशाख २०८१, बिहीबार १५:००


काठमाडाैं । लुम्बिनी प्रदेश सरकारमा ६ जना मन्त्री थपिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ६ जना मन्त्री नियुक्त गर्नुभएकाे हाे ।

नेकपा एमालेबाट भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी मन्त्री बन्नुभएकाे छ । नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत मन्त्री नियुक्त हुनुभएकाे छ । उहाँहरूलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।

याेसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त हुनुभएका ३ जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिनुभएकाे छ । चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !