२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्णालीमा माओवादीका रणसिंह परियार मन्त्री बन्दै

प्रकाशित मिति :  १२ बैशाख २०८१, बुधबार १३:३०


काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ ।

कर्णाली प्रदेश संसदीय दलको बुधबार बिहान बसेको बैठकले हुम्लाबाट निर्वाचित परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै हुनुहुन्छ । एमालेका प्रदेश सभा सदस्य कँडेल नयाँ सत्ता समीकरणमा माओवादी केन्द्र लगायतका दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस !