५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जापानकी विदेश मन्त्री काठमाडौंमा

प्रकाशित मिति :  २३ बैशाख २०८१, आईतवार १३:३६


काठमाडौं । जापानकी विदेश मन्त्री खामिखावा योको काठमाडौं आइपुग्नुभएको छ ।

विदेश मन्त्री योको आइतबार अपराह्न काठमाडौं आइपुग्नुभएको हो । एक दिने भ्रमणको क्रममा उहाँ केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो ।

उहाँले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम छ । योको आजै टोकियो फर्किने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !