२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कतारका राजाले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने

प्रकाशित मिति :  १२ बैशाख २०८१, बुधबार १३:११


काठमाडाैं । नेपालमा भ्रमणमा रहनुभएका कतारका शेख तमिम बिन हमाद अल थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

दुईदिने भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडाैं आइपुग्नुभएका थानीले बुधबार बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्न लाग्नुभएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

वार्तापछि उहाँहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

मंगलबार काठमाडाैं ओर्लिएलगत्तै थानी र राष्ट्रपति रामचन्द्र पाैडेलबीच भेटवार्ता भएकाे थियाे । राष्ट्रपति पाैैडेलले थानीकाे सम्मानमा रात्रि भाेज समेत आयाेजना गर्नुभएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !