२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बझाङमा एमाले उम्मेदवार दमन भण्डारीलाई पितृ शोक

प्रकाशित मिति :  ११ बैशाख २०८१, मंगलवार १२:१९


कैलाली । बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनको प्रचार अभियान चलिरहेको बेला एमाले उम्मेदवार दमन भण्डारीलाई पितृ शोक परेको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा एमालेकाका उम्मेदवार भण्डारीका बुवा चक्र भण्डारीको निधन भएको हो । ८८ वर्षका भण्डारीको बझाङ छबिसपाथिभरा गाउँपालिका –१ भण्डारी गाउँमा निधन भएको हो ।

भण्डारी केही समय यतादेखि बिरामी हुनुहुन्थ्यो । उहाँको बुधबार दाहसंस्कार गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस !