१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संघीय संसदका दुवै सभाका चार वटा संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  २१ बैशाख २०८१, शुक्रबार ०९:२२


काठमाडौं । संघीय संसदका दुवै सभाका चार वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि समितिले बोलाएको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि दिउँसो १ बजे बस्ने गरी राखिएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारवाही, विपद् जोखिम न्युनिकरणको लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१÷०८२ का सम्बन्धमा पूर्वबजेटबारे छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, प्रतिनिधि सभाको बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी विद्यमान कानून, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्थाबारे छलफल हुनेछ ।

दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने समितिबाट हुने अनुगमनका सम्बन्धमा समितिले छलफल गर्न लागेको जनाएको छ ।
चार संसदीय समिति बैठक आज, विपद् जोखिम न्युनिकरणको लागि भावी कार्ययोजना बारे छलफल गरिने ।


339
Shares

प्रतिक्रिया दिनुहोस !