४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता

प्रकाशित मिति :  २० बैशाख २०८१, बिहीबार १३:४४


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहान उहाँहरु बिच भेटवार्ता भएको हो ।

उहाँहरु बिच बैशाख १५ मा सम्पन्न उपनिर्वाचन तथा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ । गत वैशाख १५ गते प्रतिनिधि सभाको इलाम–२ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन सम्पन्न भएको थियो । दुवै स्थानमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

इलाममा एमालेका उम्मेदवारलाई माओवादीको समेत समर्थन थियो । बझाङमा भने माओवादीले पनि आफ्नो उम्मेदवार उठाएको थियो ।
उहाँहरु बिच एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारका बारेमा पनि छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस !