८ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

समाजलाई सही मार्गमा हिँडाउन सबै दल एक ठाउँमा उभिनु आवश्यक: नेता कृष्ण प्रसाद सिटौला

प्रकाशित मिति :  १९ बैशाख २०८१, बुधबार १३:११


काठमाडौं । कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजिक एकता र देश विकासका लागि एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले राजनीतिक दलहरु आपसमा विभाजित भएपनि समाजलाई विभाजनको बाटोतर्फ लैजान नहुनेमा जोड दिँदै समाजको प्रगतिका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी विभिन्न राजनीतिक दलमा विभाजित भएका छौं । तर हामीले विभाजित भएर समाजलाई हिनाउने होईन्, सबै राजनीतिक दलका नेता र कार्यकर्ताले यो कुरा बुझ्न आवश्यक छ । आजको दिनमा समाजको प्रगतिको लागि हामी एक ठाउँमा जुट्नै पर्छ, एकै ठाउँमा बस्नै पर्छ र यसमा गम्भीरतापूर्व विचार गर्नुपर्छ ।’

समाजको प्रगतिमा नै सबैको प्रगती हुने बताएका उनले सामाजिक एकता,सद्भाव र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

एक आपसमा दलहरु झगडा र विरोध गरेर समाज विकास नहुने तर्क गरेका उहाँले सिंगो नेपाल र नेपाली जनताको बारेमा सोचेर राजनीतिक दलले एक ठाउँमा उभिएर काम गरे मात्र राष्ट्र बलियो हुने धारणा राख्नुभयो ।

कार्यक्रममा सहिद गंगालालको योगदानको स्मरण गरेका उहाँले विभिन्न आन्दोलनहरुमा ज्यानको आहुती दिएका सहिदहरुले देश विकासका लागि देखेका सपना पूरा गर्न सरकारमा सहभागि सबै दलहरु एकजुट हुन आवश्यक भएको उल्लेख गरेका हुन् । राष्ट्रलाई बलियो बनाउने अभियानको थालनी समाजबाटै गर्नुपर्ने भनाई उहाँको थियो ।

‘सहिदहरुले आम जनताको अधिकार प्राप्ति, आर्थिक प्रगति, सामाजिक सद्भाव एवं सिंगो राष्ट्रिय एकताका लागि सबै लाग्नुपर्ने भन्दै उनले थपे, ‘हामीले ठूला ठूला राजनीतिक आन्दोलन गरेर देशलाई यहाँसम्म ल्याएका छौं । अब समाजलाई सही बाटोमा हिँडाउने,समाजमा कोही पनि मानिस पछि नपरोस भनेर सोच्ने बेला आएको छ । आर्थिक रुपमा पछाडि परेकाहरुको लागि हामीले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,’ नेता सिटौलाले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस !