१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बजार विस्तारमा आक्रामक सेल्सबेरी, पौने ३ अर्ब लगानीमा महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’

प्रकाशित मिति :  २१ बैशाख २०८१, शुक्रबार १०:२७


काठमाडौं । पोखरा मुख्यालय रहेको सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ स्थापना गरेको छ ।

अज वैशाख शुक्रबारबाट औपचारिक सञ्चालनमा आउने सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको हो ।

यो सुपरस्टोरले नौ रोपनी क्षेत्रफल ओगटेको छ ।
यो सुपरस्टोर युरोपेली मापदण्ड अनुसार बनेको हो ।
‘रियल डिपार्टमेन्टल स्टोर कस्तो हुन्छ भन्ने अनुभव गर्न सेल्सबेरी सुपरस्टोर महाराजगन्ज जानैपर्ने गरी तयार पारेका छौं,’ तीन दशकदेखि सेल्सबेरी डिपार्टमेन्ट स्टोर सञ्चालन गरिरहेका सीईओ प्रधानाङ्गले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो , फेरी उहाँले थप्नुभयो ‘यहाँ पाइने सामान सितिमिति अन्य डिपार्टमेन्टल स्टोरमा पाइँदैन । यो प्रिमियम सुपरस्टोर बन्ने विश्वास छ ।’

महाराजगञ्ज सेल्सबेरी सुपरस्टोरको पहिलो चार तलामा सवारीसाधनका लागि बेसमेन्ट पार्किङ छ । भुइँ तलादेखि छेटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सात र आठ तलामा विभिन्न कर्पोरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर रहने छ ।

सुपरस्टोरको १३औं तलामा भ्यु टावर रहेको छ जहाँबाट काठमाडौं उपत्यकालाई ३६० डिग्रीमा अवलोकन गर्न सकिन्छ ।

सिइओ प्रधानाङ्गले भन्नुभया – ‘हाम्रो स्टोरमा सामानमात्र किन्ने होइन, अन्य सेवा सुविधा पनि खरिद गर्न पाइन्छ,’ सीईओ प्रधानाङ्गले भन्नुभयो, ‘उपभोक्तालाई यसले पनि भिन्नै स्वाद दिनेमा हामी ढुक्क छौं । काठमाडौं आइपुगेका विदेशी पर्यटकले पनि सेल्सबेरी सुपरस्टोर जाऔं न त भन्ने गरी पूर्वाधार बनाएका छौं ।’

शाखा कालीमाटी

सेल्सबेरीको अर्को शाखा काठमाडौं कालीमाटीमा पनि २१ वैशाख शुक्रबारदेखि नै ग्रान्ड ओपनिङ हुँदैछ । कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टरमा सेल्सबेरी रहने छ ।

दुवै शाखा सञ्चालनका अवसरमा कम्पनीले ग्राहकका लागि लक्की ड्रमार्फत इलेक्ट्रिक कार, सेगवे इलेक्ट्रिक स्कुटर लगायत पुरस्कार दिने जनाएको छ ।

‘हरेक वर्ष सानो, मध्यम र ठूलो गरी १० देखि १५ वटासम्म शाखा सञ्जाल विस्तार गर्दै जाने लक्ष्य छ,’ सेल्सबेरीका सीईओ प्रधानाङ्गले भन्नुभयो -‘सन् २०२६ सम्म १ सय शाखा विस्तार गरी २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ ।’


339
Shares

प्रतिक्रिया दिनुहोस !