२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान

प्रकाशित मिति :  १० बैशाख २०८१, सोमबार १०:१५


काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गर्नुभएको छ ।

इन्टरपोल महासचिवालयको आयोजनामा लियोनमा हुन लागेको १९औँ हेड अफ एनसीबी कन्फरेन्समा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । महानिरीक्षक कुँवर नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) नेपालको प्रमुखका रूपमा सो सम्मेलनमा सहभागी हुन लाग्नु भएको हो ।

महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिदाइ गर्नुभएको छ ।

सम्मेलनमा इन्टरपोलका सबै सदस्य १ सय ९६ राष्ट्र सहभागी हुने छन् । सम्मेलन बैशाख ११ देखि १३ गतेसम्म फ्रान्सको लियोनमा छ ।



प्रतिक्रिया दिनुहोस !