२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  ३ बैशाख २०८१, सोमबार ०८:२७


काठमाडौं । आज सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ ।

एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।

यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।



प्रतिक्रिया दिनुहोस !