१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रशान्त पराङदेवा लिम्बु अवैध पेस्तोल सहित समातिए

प्रकाशित मिति :  १६ चैत्र २०८०, शुक्रबार १५:२५


काठमाडौं । ताप्लेजुङ फुङलिङका प्रशान्त पराङदेवा लिम्बु अवैध पेस्तोल सहित काठमाडौंको सरस्वतीनगरबाट समातिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गरेको अभियोगमा प्रशान्तलाई पक्राउ गरेको जनाएको छ ।

हाल काठमाडौैं महानगरपालिका वडा नं. ०६ सरस्वतीनगर बस्ने गरेका २८ वर्षका प्रशान्तले कपन क्षेत्रमा शंकास्पद गतिविधिहरु गरेको सूचना पाएपछि उहालाई पेस्तोलसहित समातिएको प्रहरीको भनाई छ ।

प्रशान्तले आफ्नो निवासमा कटुवा पेस्तोल थान १, धारिलो चक्कु थान २, फलामको हम्बर थान १, मोबाईल थान २ पनि राखेकोमा प्रहरीले बरामद गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !