१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले झापामा अध्यक्ष ओलीले गुप्त टिकट बाँडेको हो ?

प्रकाशित मिति :  १६ चैत्र २०८०, शुक्रबार ११:५३


बिर्तामोड । नेकपा एमालेको झापा जिल्ला अधिवेशनमा आज उम्मेदवारी दर्ता हुँदैछ । सर्वसम्मति गर्ने प्रयास जारी रहे पनि विधानको व्यवस्था अनुसार उम्मेदवारी दर्ता गर्न लागिएको हो ।

आज अपरान्ह साढे तीन देखि सात बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रमुख निर्वाचन अधिकृत टंकप्रसाद दंगालले जानकारी दिनुभएको छ ।

सर्वसम्मतिको प्रयास जारी रहँदा अध्यक्ष, सचिव र उपसचिवमा दावेदार धेरै देखिएका छन् । अध्यक्षमा प्रेम गिरी र शिव दंगाल, सचिवमा तुलसी कार्की र बोधप्रसाद घिमिरेको दावी देखिएको छ ।

सबैभन्दा प्रतिस्पर्धा महिला उपसचिवमा देखिएको छ । उपसचिवमा मिना विश्वकर्मा र अनिता कन्दङवाको चर्काे दावी देखिएको छ । त्यसैगरी देवीमाया भट्टराईको पनि दावी रहेको छ । मिना विश्वकर्मा र अनिता दुवैजना शशक्त महिला नेतृका रुपमा झापामा परिचित हुनुहुन्छ ।

पुरुष उपसचिवमा टिकाराम मंग्राती र खगेन्द्र नेपालको दावी रहेको छ ।

दावेदारहरुलाई एक ठाउँमा राखेर सहमतिको प्रयास गरिने पूर्व अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

यसै बीच जिल्ला अधिवेशनमा चुनावी माहौल तातिँदै जाँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नामको दुरुपयोग गर्न थालिएको भन्दै कार्यकर्ताहरुले आपत्ती जनाएका छन् । अध्यक्ष ओलीले जिल्लाका सबै पदाधिकारीहरु तोकेर गुप्त टिकट बाँडेको भन्दै केहीले प्रचार गरिरहेका छन् । अध्यक्ष ओलीले यसकै नाममा सहमति गर्नु भन्दै निर्देशन दिएको उनीहरुको प्रचार छ । तर, अध्यक्ष ओलीले त्यसरी फलानालाई पदाधिकारी बनाउनु नभनेको कार्यकर्ताहरुको दावी छ ।



प्रतिक्रिया दिनुहोस !