३० बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

इलाम–२ उपनिर्वाचन : मतगणना सुरु

प्रकाशित मिति :  १६ बैशाख २०८१, आईतवार १२:४८


काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि इलाम क्षेत्र नं २ मा शनिबार भएको मतदानको मतगणना सुरु भएको छ ।

आज केही बेर अघिबाट मतगणना सुरु भएको हो । फाकफोकथुम गाउँपालिकाको थार्नेखोप प्रावि मतदान केन्द्रबाट मतगणना थालिएको छ । फाकफोकथुम गाउँपालिकाको मतगणना सकेपछि चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतगणना हुन छ ।

मत परिणाम हरेक एक घण्टाको अन्तरमा सार्वजनिक गरिने भएको छ । मतगणना स्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएको छ । मतगणना स्थलमा भिडभाड हुन नदिन चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिने भएको छ ।

शनिबार सम्पन्न भएको मतदानमा कूल ५९ दशमलव ७९ प्रतिशत अर्थात् ६९ हजार दुई सय ८७ खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन् ।

प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन पछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । नेम्वाङ नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !