१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनको युनानमा पहिरोमा पुरिएर कम्तिमा ८ जनाको गयाे ज्यान, ३९ जना बेपत्ता

प्रकाशित मिति :  ९ माघ २०८०, मंगलवार ०३:२७


काठमाडौं । चीनको दक्षिणपश्चिमी पहाडी युनान प्रान्तमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ समय अनुसार सोमबार बिहान ५ बजेर ५१ मिनेटमा झाओटोङ सहरको लियाङसुई गाउँमा दुर्घटना भएको हो । पहिरोमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३९ जना बेपत्ता भएका छन् ।

१८ घरमा बस्ने ४७ जनाको भग्नावशेषमुनि दबिएको अवस्थाबाट उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । राज्य टेलिभिजन ‘सीसीटीभी’ ले पहिरो प्रभावित क्षेत्रबाट ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

विपद् न्यूनीकरणका लागि प्रादेशिक आयोगले विपद् राहतका लागि तेस्रो तहको आपतकालीन प्रतिक्रिया सक्रिय गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार पहिरोमा पुरिएर भग्नावशेषमा पुरिएका मानिसलाई उद्धार गर्ने प्रयास भइरहेको छ ।

बेपत्ताको खोजीका लागि २ सयभन्दा बढी उद्धारकर्मी, ३३ दमकल र १० वटा लोडिङ मेसिन उद्धार कार्यमा खटिएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिरोपछि बेपत्ता व्यक्तिको खोजी र सम्भावित उद्धारका प्रयास गर्न निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !