१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा एमाले र राप्रपाकाे तालमेल

प्रकाशित मिति :  ८ माघ २०८०, सोमबार १६:४१


काठमाडौं । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा एमाले र राप्रपा बिच तालमेल हुने भएको छ ।

एमालेले एक जना उम्मेदवारलाई फिर्ता गराएर कोशी प्रदेशबाट निर्वाचित हुने दुई सिटमा राप्रपासँग तालमेल गरेको हो । एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई फिर्ता गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको छ ।

एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबिच सहमति भएको छ । सहमति पत्रमा एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा र राप्रपा प्रदेश अध्यक्ष राम थापाले हस्ताक्षर गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !