७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियु आरआरद्धारा एमाले कर्णाली प्रदेश कमिटी सदस्य निर्वाचित आरआर स्ववियु सभापति शाहीलाई सम्मान

प्रकाशित मिति :  ११ मंसिर २०८०, सोमबार ०६:१५


काठमाडाैं । अनेरास्ववियु आरआर क्याम्पस कमिटीले क्याम्पसका स्ववियु सभापति तथा नवनिर्वाचित कर्णाली प्रदेश सदस्य तपेन्द्रजंग शाहीलाई सम्मान गरेकाे छ ।

आरआर क्याम्पस कमिटीका अध्यक्ष लाेकेश खड्काकाे अध्यक्षतामा बसेकाे क्याम्पस कमिटीकाे पूर्ण बैठकमा शाहीलाई कर्णाली प्रदेश सदस्यमा निर्वाचित भएकाेमा क्याम्पस कमिटीले सम्मान गरेकाे हाे ।

शाही अनेरास्ववियुका पूर्व केन्द्रिय सचिव समेत हुनुहुन्छ । ०७२ मा भएकाे स्ववियु चुनावबाट आरआर क्याम्पसकाे स्ववियु सभापतिमा शाही निर्वाचित हुनुभएकाे थियाे ।

बैठकलाई सम्बाेधन गर्दै आरआर क्याम्पस कमिटी अध्यक्ष लाेकेश खड्काले स्ववियु सभापति हुँदै गर्दा क्याम्पसमा उल्लेखनिय  काम गरेकाे भन्दै शाहीकाे प्रशंसा गर्नु भएकाे थियाे ।

‘तपेन्द्र दाई स्ववियु सभापति हुँदै गर्दा क्याम्पसमा निकै राम्रा प्रशासकिय परिवर्त भएका छन्, दाईकाे याे कामले हामीलाई प्रेरणा मिलेकाे छ’ खड्काले भन्नुभयाे-‘अहिले दाई कर्णाली प्रदेश सदस्यमा निर्वाचित भएर पार्टीकाे पनि एक महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएकाे छ । दाईलाई सफल कार्यकालकाे शुभकामना दिन अनेरास्ववियु आरआरले सम्मान कार्यक्रम गरेकाे हाे ।’

त्यस्तै शाहीले क्याम्पसमा अनेरास्ववियुले निकै राम्राे काम तथा विद्यार्थीमाझ निकै राम्राे कार्यक्रमहरु पस्केकाेमा आफू निकै खुसी रहेकाे बताउँनु भयाे ।

‘विद्यार्थीमाझ जसरी आरआर अनेरास्ववियु पुगिरहेकाे छ । त्याे एकदमै राम्राे र सकारात्मक छ । मैंले स्ववियु सभापति रहिँरहदा गर्न नसकेका कार्यक्रमहरु पनि क्याम्पस कमिटीले गरेर देखाएकाे छ । यसमा म एकदमै खुसी छु’ उहाँले भन्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !