१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनमा पर्यटन प्रवद्र्धनका लागि ६३०० प्राथमिकताका उपाय लागु

प्रकाशित मिति :  ७ जेष्ठ २०८१, सोमबार १०:१०


बेइजिङ । यस वर्ष चीनले पर्यटन दिवस मनाउनका लागि एक महिना लामो अभियानमा पर्यटन प्रवर्द्धन गर्न चीनभर सातवटा श्रेणीमा छ हजार तीन सयभन्दा बढी प्राथमिकताका उपाय लागू गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै इलाकाहरूले १० करोड युआन (करिब एक करोड ४१ लाख अमेरिकी डलर) मूल्यको उपभोक्ता भौचरहरू जारी गर्नका लागि उद्योग सङ्घ, प्लेटफर्म कम्पनी, टेलिकम अपरेटरहरू र वित्तीय प्लेटफर्महरूसँग काम गरेको बताएको छ ।

संस्कृति तथा पर्यटन उपभोगका लागि मानिसहरूको आवश्यकतालाई राम्ररी पूरा गर्न मूल्यमा कटौती र दर्शनीय स्थलहरूमा निःशुल्क प्रवेश तथा पर्यटन उद्यमहरूमा छुटजस्ता गतिविधिहरू सुरु गरिएको मन्त्रालयले जनाएको छ । यस वर्षको मे १९ तारिख १४ औँ चीन पर्यटन दिवस हो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !