१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने

प्रकाशित मिति :  ७ जेष्ठ २०८१, सोमबार ०९:४१


काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिभि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिनुहुने लगायत कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्ने बताएकाले आजको बैठक सञ्चालन हुनेमा अन्योल देखिएको छ ।

प्रतिनिधि सभा बैठक बस्नुअघि बिहान १० बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्दैछ । साे बैठकमा विश्वासकाे मतबारे छलफल हुनेछ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुन: विश्वासको मत लिन लाग्नुभएकाे हाे । अध्यक्ष यादवले सर्वोच्च अदालतबाट आदेश नआउञ्जेल जसपा नेपाल फुटाएको भनिएका ७ सांसद्लाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा सहभागी नगराउन सभामुखलाई पत्र नै लेख्नुभएकाे छ ।

उपेन्द्रले आइतबार सर्वाेच्चमा दायर गरेकाे रिटमा आज सुनुवाइ हुँदैछ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !