१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्दै कांग्रेस

प्रकाशित मिति :  ७ जेष्ठ २०८१, सोमबार ०९:३६


काठमाडौं । संघीय संसदमा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

दलको बैठक अहिले बिहान ९ बजेको लागि बोलाइएको छ । आज संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । सहकारीको ठगीको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले झण्डै एक महिनादेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाले प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।

संसदीय दलको बैठकअघि देउवाले संसदीय दल कार्यसमितिसँग छलफल गर्दै हुनुहुन्छ । कार्यसमितिसँग आवश्यक सुझाव लिएर दलको बैठकमा प्रस्तुत हुने देउवाले योजना बनाउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गृह मन्त्री लामिछानेले आफूले सहकारी ठगी प्रकरणमा संलग्न नभएको दाबी गर्दै कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरू विदेशीका एजेन्ट भएको आरोप लगाउनुभएको थियो । उहाँले आफू माथि छानबिन गर्ने हो भने सञ्चार माध्यमले विगतमा आरोप लगाएका सबै घटनाको र त्यसमा संलग्न व्यक्तिहरू माथि छानबिन समिति गठन गर्न माग गर्नुभएको थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !