२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ठूलो दुर्घटनाबाट एमाले जाेगियाे-शेरबहादुर तामाङ

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार ०५:१३


काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले एमाले भित्रको ठूलो दुर्घटना टरेको बताउनुभएको छ ।

एमाले कार्यदलले १० बुँदे सहमती तयार गरेपछि  प्रतिक्रिया दिँदै तामाङले एमाले भित्र देखिएको ठूलो संकट टरेको बताउनुभयो । ‘नेकपा एमाले भित्र निक्कै ठूलो दुर्घटना हुनेवाला थियो, यसबाट पार्टी जोगिएको छ’, उहाँले भन्नुभयो ।

पार्टी एकताको पक्षमा देश भरिका मतदाता रहेका उहाँले बताउनुभयो । उहाँहरुको चाहना र दवावकै कारण पार्टी पुनः एक भएको उहाँले बताउनुभयो । ‘एमालेका लाखौँ कार्यकर्ता एमालेको एकताको पक्षमा छन्’, उहाँले भन्नुभयो ।

यो बीचमा पार्टीको आन्तरिक जीवनमा ठूलै समस्या आएको उहाँले बताउनुभयो । यी समस्यामा पार्टी नेतृत्वले जुन लचकताका साथ एकतावद्ध एमाले बनाउन प्रयत्न गर्यो, त्यसको प्रतिफल आएको छ, त्यसलाई सहर्ष स्वीकार गरेर सबैले अघि बढ्नु पर्छ । अहिलेको सबै नेता नेतृत्वको कार्यभार यही नै हो’, उहाँले भन्नुभयो ।

अब यसमा कसैले पनि अर्घेल्याईँ गर्ने, विरोध गर्ने वा यसलाई अपूर्ण ठानेर बस्न थाल्यो भने समस्या पैदा गर्ने उहाँले बताउनुभयो । ‘त्यसैले सबैले यसलाई पालना गरेर अघि बढ्नु पर्छ’, तामाङले भन्नुभयो ।

जीवन्त पार्टीमा झिना मसिना समस्या आइरहने भए पनि एमालेको ठूलो समस्या भने टरेको उहाँले बताउनुभयो । अब पार्टीलाई नयाँ गतिमा अघि बढाउनु पर्ने तामाङ्को भनाइ छ ।

पार्टी एकता सम्बन्धि तयार भएको प्रस्ताव आज बस्ने एमाले स्थायी कमिटी बैठकले अनुमादन गर्ने उहाँले जानकारी दिनुभयो । त्यस पछि पार्टीका अन्य सांगठनीक जीवनका प्रक्रिया अगाडि बढ्छन्’, उहाँले भन्नुभयो ।

उहाँले एमालेका सबै तहका नेता कार्यकर्तालाई अलमलमा नपर्न आग्रह गर्नुभयो । ‘अब पार्टीको १० बुँदे भावना र मर्म अनुसार सबै अघि बढौँ’, उहाँले भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस !