२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनावकाे माग गर्दै राष्ट्रिय युवा संघकाे प्रदर्शन

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ११:०८


काठमाडौं । नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थन र विपक्षी गठबन्धनकाे विराेधमा  प्रदर्शन गरेकाे छ ।

चुनावकाे माग गर्दै युवा संघले प्रधानमन्त्री ओलीकाे समर्थन र विपक्षी गठबन्धनकाे विराेधमा आइतबार दिउँसाे काठमाडाैंमा प्रदर्शन गरेकाे हाे । युवा संघले चुनावकाे माग गर्दै सरकारकाे समर्थन र गठबन्धनकाे विराेध गरेकाे हाे ।

प्रदर्शनमा सहभागी युवा संघका नेता-कार्यकर्ताहरुले नेपालकाे राष्ट्रिय झण्डा, नेपालकाे चुच्चे नक्सा र नेपालकाे संविधानकाे किताव बाेकेका थिए । उनीहरुले केपी ओली जिन्दावाद, आज हाेइन भाेलिलाई हाम्राे समर्थन ओलीलाई, अघि बढ केपी बा हामी तिम्रो साथ छौं, युवा संघ जिन्दावाद, नेकपा एमाले जिन्दावा, जनताकाे बहुदलीय जनवाद जिन्दावाद, केपी ओली आइ लभ यु, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाँहिदैन लगायत नारा लगाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !