२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले भएकाे प्रमाण पेस गर्न ओलीसँग गएकाे हूँ – वामदेव गाैतम

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ०८:५०


काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गाैतमले नेकपा एमाले भएकाे प्रमाण पेस गर्न आफू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग गएकाे बताउनु भएकाे छ ।

आइतबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् गाैतमले एमाले पुर्नस्थापना भएपछि आफू एमालेमा रहेकाे बताउनुभयाे । ‘एमाले पुर्नस्थापना भएपछि मैले एमाले राेज्नै पर्‍याे, एउटा जिम्मेवार नेता भएकाे हिसाबले, केही समय पहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाेलाउनु भएकाे बैठकमा गएँ ।’

एमाले उपाध्यक्ष समेत रहनुभएका सांसद् गाैतमले आफू केन्द्रीय कमिटी बैठकमा सहभागी भएकाेमा ओलीतिर लाग्याे भनेर हल्ला चलाइएकाेमा असन्तुष्टि जनाउनुभयाे । ‘वामदेव केपीतिर गयो भनियाे, केही साथीहरुले त आफ्नाे समूहमा मेराविरुद्ध दुख प्रस्ताव पारित गर्नुभएछ, त्याे मेरा लागि राम्रै हाे, म कुनै पक्षतिर नगएर नेकपा एमालेकाे नेता भएकाे प्रमाण पेस गर्न गएकाे हूँ ।’

उपाध्यक्ष गौतमले पार्टीमा गएपछि आफूले चाहेकाे भूमिका निर्वाह गर्न खाजेपनि प्राप्त गर्न नसकेको बताउनुभयाे । ठूलाे पार्टीमा धेरै छलफल हुनु स्वभाविक भएकाे भन्दै सांसद् गाैतमले सर्वोच्च अदालतको आदेश आएपछि पार्टी विवाद मिल्ने बताउनुभयाे ।

‘पार्टीभित्रको अन्तरविरोध समाधान गर्न कार्यदलले आजै बेलुकी ८ बजे खुशीको खबरका रुपमा आउँदैछ, तर मैले अलि धेरै पहिले भनेकाे थिएँ त्याे खुशीकाे खबर सर्वोच्चको निर्णय आएपछि लागू हुन्छ भनेको थिएँ, मेराे भनाइ लागू हाेस भन्ने चाहाना त छैन तर बेलुकासम्म कार्यदलले सुखद समाचार दिहाेस्’- गाैतमकाे भनाइ छ ।

सर्वोच्चको निर्णयपछि नेकपा एमाले एकीकृत हुने पनि गाैतमले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !