२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपक्षी गठबन्धन विरुद्ध राष्ट्रिय युवा संघ नेपालले आज प्रदर्शन गर्ने

प्रकाशित मिति :  २६ असार २०७८, शनिबार ०३:००


काठमाडाैं । नेकपा एमालेकाे भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडाैंमा प्रदर्शन गर्ने भएकाे छ ।

युवा संघले आज दिउँसाे ३ बजे काठमाडाैंकाे नयाँ बानेश्वरमा विपक्षी गठबन्धन विरुद्ध प्रदर्शन गर्न लागेकाे हाे ।

वर्तमान सरकार र एमाले विरुद्धकाे घेराबन्दी तथा गठबन्धनकाे असंवैधानिक राष्ट्रघाती कदम विरुद्ध प्रदर्शन गर्न लागिएकाे युवा संघले जनाएकाे छ ।

विपक्षी गठबन्धनले गलत नियत साथ सरकारविरुद्ध गतिविधी बढाएकाले खबरदारी गर्न भन्दै युवा संघले प्रदर्शन गर्न लागेकाे हाे । विपक्षी गठबन्धनका नाममा देशी विदेशी तत्वहरुले अस्थिरतालाई मलजल गर्नेगरी सडकमा प्रदर्शन थालेकोले त्यसको प्रतिवाद सडकबाटै गर्न लागिएकाे पनि युवा संघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !