२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सात मन्त्री र एक राज्यमन्त्रीले लिनुभयाे शपथ

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ११:३७


काठमाडौं । नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउनु भएकाे हाे । गृहमन्त्री खगराज अधिकारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव र वन तथा वातावरणमन्त्री नारदमुनि रानाले सपथ लिनुभएकाे छ ।

सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला शाह, विनाविभागीयमन्त्री मोहन बाँनिया र वन राज्यमन्त्रीको आशाकुमारी विकले पनि शपथ लिनुभएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे हाे । नयाँ मन्त्री थपिएसँगै अब मन्त्रिपरिषद् २५ सदस्यीय भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !