२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रेशम चौधरी रिहा हुने ढोका खुल्दै

प्रकाशित मिति :  १८ जेष्ठ २०७८, मंगलवार ०९:०६


काठमाडौं । जेलमा रहेका निवर्तमान सांसद् रेशम चौधरीलाई रिहा गराउन पहल गर्नेबारे सरकारले सहमति गरेको छ । सरकारले थारु कल्याणकारिणी सभा सहितका संस्थाहरुसँग यस्तो सहमति गरेको हो ।

सो सहमतिमा सरकारको तर्फबाट कानुन मन्त्री लिलानाथ श्रेष्ठ, वार्ता समितिका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र सदस्य तथा पूर्व सांसद् भगवती चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

थरुहट, थारुवान संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमिलाल चौधरी, पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिमा सडक विभागका इन्जिनियर धनीराम चौधरी, निवर्तमान सांसद् रेशमलाल चौधरी र थरुहट पार्टीका नेता लक्ष्मण चौधरीमाथि लागेको मुद्दा फिर्ता र रिहाईका लागि पहल गर्ने भनिएको छ । यो सहमति बुँदा नम्बर १ मै राखिएको छ ।

उहाँहरु तीनैजनालाई कैलालीको टिकापुरमा भएको हत्याकाण्डको अभियोग लागेको छ ।

सहमति गर्ने थारु पक्षका पद्मनारायण चौधरी कांग्रेका नेता तथा पूर्व सांसद् हुनुहुन्छ । रुक्मिणी चौधरी पनि पूर्व सांसद् हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !