२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा किरण पाैडेल

प्रकाशित मिति :  १७ जेष्ठ २०७८, सोमबार १२:४०


काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा किरण पाैडेल चयन हुनुभएकाे छ ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकले पाैडेललाई अध्यक्षमा चयन गरेकाे हाे । सोमबार बसेको सचिवालयको भर्चुअल बैठकले युवा संघको अध्यक्षमा पौडेललाई चयन गरेको हो ।

यसअघि अध्यक्ष रहनुभएका वचनबहादुर सिंहको उमेर ४१ वर्ष पुगेपछि सह-अध्यक्ष पौडेललाई अध्यक्षको जिम्मेवारी दिइएको युवा संघले जनाएकाे छ ।

युवा संघको बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघका इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !