२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुरु भयाे लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको लागि मतदान

प्रकाशित मिति :  १७ जेष्ठ २०७८, सोमबार ०४:२४


काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपचुनावको मतदान सुरु भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरिसक्नु भएको छ ।

लुम्बिनी प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आज उपचुनाव हुन लागेको हो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा केही बेर अघि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

माओवादीबाट निर्वाचित चन्द्रबहादुर खड्कालाई एमालेमा लागेको भन्दै पार्टीले कारबाही गरेपछि लुम्बिनीमा एक पद रिक्त छ । सोही ठाउँमा आज उपचुनाव हुन लागेको हो ।

प्रदेश सभाका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्षसहित २ सय १७ जना गरी जम्मा ३ सय जनाले आजको निर्वाचनमा मतदान गर्न पाउने छन् । मतदानको नतिजा आज नै सार्वजनिक हुनेछ ।

उपचुनावका लागि नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दीर्घनारायण पाण्डे चुनावी मैदानमा उत्रिनुभएको छ ।

पाण्डेय कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र गुट र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !