२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा आज पनि सुनुवाइ

प्रकाशित मिति :  १६ जेष्ठ २०७८, आईतवार ०३:१०


काठमाडाैं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै छ ।

विघटन सम्बन्धी मुद्दाकाे सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ हुनुहुन्छ ।

विघटन सम्बन्धी मुद्दामा शुक्रबारदेखि सुनुवाइ सुरु भएकाे हाे । यद्यपि इजलासमा विवाद भएपछि आजका लागि सुनुवाइ सारिएकाे हाे ।

सर्वोच्चमा विघटनसँग सम्बन्धी ३० वटा रिट परेका छन् ।



प्रतिक्रिया दिनुहोस !