२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बजेट सम्बन्धी ३ वटा अध्यादेश जारी

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १०:१२


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी ३ वटा अध्यादेश जारी गर्नुभएकाे छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार आर्थिक अध्यादेश ०७८, विनियोजन अध्यादेश ०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश ०७८ जारी गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरले विज्ञप्ति निकालेर साे जानकारी दिनुभएकाे हाे । शनिबार मध्यान्ह बसेकाे मन्त्रिपरिषद् बैठकले बजेट सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

याेसँगै सरकारलाई बजेट प्रस्तुत गर्ने बाटाे खुलेकाे छ । प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । अपरान्ह ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले बजेट प्रस्तुत गर्नुहुनेछ । जेठ १५ भित्र बजेट ल्याउँनैपर्ने संवैधानिक प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !