२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुनै पनि अधारमा कसैमाथि गरिने विभेद स्वीकार्य हुदैँन-प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार ०४:३३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक झगडा र लडाईँमा जनतालाई न्यायाधीश बनाउनु पर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा दिवस मूल समारोह समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको मुख्य आधार भएको बताउनुभयो । यसै अभिप्रायको साथ आमनिर्वाचनको घोषणा गरिएको उहाँले बताउनुभयो ।

चुनाव गराउनको लागि घोषणा गरिएको होइन भन्ने दुष्प्रचारको पछि नलाग्न पनि उहाँले आग्रह गर्नुभयो । ‘चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै निराधार र हानिकारक छन्, त्यस्ता दुष्प्रचारको भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु’, प्रधानमन्त्रीले भन्नुभयो ।

मुलुक निर्माणको एउटा अभियानमा लागेको सरकाका हरेक पाइलामा व्यवधान र विरोध गर्ने काम मात्र भएको उहाँले गुनासो गर्नुभयो । यस्तो अवस्थामा जनतासँग ताजा जानादेश माग्नु एउटा मात्र विकल्प भएकोले निर्वाचन घोषणा गरिएको प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो ।

लोकतन्त्र जनताको जीवनमा बाँच्नु पर्ने प्रणाली भएको उहाँले प्रष्ट पार्नुभयो । जनताको जीवनबाट अलग गरेर सिमित व्यक्तिको स्वार्थको लागि यसलाई प्रयोग गरे हानिकारक हुने उहाँले बताउनुभयो ।

गणतन्त्रले गरिबी र पछौटेपन विरुद्धको लडाईँ जित्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘जनता मजवुत हुँदा स्वतः लोकतन्त्र मजवुत हुने निश्चित छ’, उहाँले भन्नुभयो ।

नेपाल लोकतन्त्र सहितको गणतन्त्र र गणतन्त्र सहितको लोकतन्त्र अर्थात् लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको प्रधानमन्त्रीले बताउनुभयो । सामाजिक न्याय र समानतामा आधारित समृद्धि समेतको समाज यसले परिकल्पना गरेको प्रधानमन्त्रीले बताउनुभयो । कुनै पनि अधारमा कसैमाथि गरिने विभेद स्वीकार्य नहुने प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो ।

अधिकार र कर्तव्ययको न्यायोचित सन्तुलनले मात्र लोकतन्त्रको समुचित विकासमा सहयोग पुर्याउने पनि उहाँले बताउनुभयो ।

विकास र समृद्धिको सपनाले साकार रुप लिन थालेको बताउँदै उहाँले राष्ट्रले अन्तराष्ट्रिय रुपमा समेत भिन्न परिचय बनाएको बताउनुभयो । विकास, शान्ति स्थापना, सुशासनमा सुधार, पुननिर्माणले सार्थकता पाउनु लगायतका कारण मुलुक सही दिशामा अघि बढेको प्रतित हुने उहाँले बताउनुभयो ।

ओझेलमा परेका विकास र समृद्धिका आकांक्षालाई एकिकृत रुपमा सम्बोधन गर्ने काम भएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

कोभिड संक्रमणबाट सुरक्षित रहन उहाँले देशवासीलाई आग्रह गर्नुभयो । कोभिड रोकथामका लागि सबै क्षेत्रबाट सहयोग जुटाउने काम भइरहेको पनि उहाँले बताउनुभयो । कोभिडलाई नियन्त्रण गरेरै छाड्ने प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !