१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्थायी कमिटीमा बम रावलले गरे मनोनयन दर्ता

प्रकाशित मिति :  ३ फाल्गुन २०७९, बुधबार ०४:१४


काठमाडौं । विद्यार्थी माझ अत्यन्तै लोकप्रिय विद्यार्थीे नेता बम रावलले स्थायी कमिटीमा मनोनयन दर्ता गराउनुभएको छ ।

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेसनमा उहाँले आफ्नो मनोनयन दर्ता गराउनुभएको हो ।

उद्योग सँग विद्यार्थीलाई जोड्ने नितिका साथ मैले काम गरेर देखाउने भएकाले पनि मैले मेरो उम्मेद्धवारी दिएको उहाले बताउनुभयो । रावल २०६६ साल मा नेपाल कमर्श क्याम्पस बाट आफ्नो उच्च शिक्षा सँगै विद्यार्थी राजनितिमा प्रवेस गर्नुभएको थियो ।
रावल २०६६ मा नेपाल कमर्श क्याम्पसको क्याम्पस कमिटी सदस्य हुदै २०६८ मा कमिटीको कोषअध्यक्ष हुँदै २०६९ मा सोही कमिटीका सचिव र २०७२ मा क्याम्पस कमिटी अध्यक्ष हुनुभएको थियो ।
रावल क्याम्पस कमिटीमा हुँदा क्याम्पसमा विभिन्न कुरामा सुधार भएको विद्यार्थीहरुले बताउदै आउनु भएको छ ।

२०७२ मा अनेरास्ववियुको केन्द्रिय सदस्य हुदै रावल २०७८ मा केन्द्र्रिय सचिवालय सदस्य तथा उपत्यका विशेश कमिटी सचिव भएर काम गरेको अनुभव रावल सँग छ ।
अत्यन्तै सरल स्वभावका रावलले विद्यार्थीका मुद्दा भने जोडदार सँग उठाँउन आफुले उम्मेद्धवारी दिएको पनि बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस !