२४ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

प्रकाशित मिति :  १४ बैशाख २०८१, शुक्रबार १३:५५


काठमाडाैं । नेपाल र चीनबीच दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक समारोहमा दुई देशबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हाे ।

सम्झाैतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को-अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गर्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !