१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माङसेबुङमा छिन् अठासी देवी, प्रचारका लागि फूटबल प्रतियोगिता

प्रकाशित मिति :  ८ कार्तिक २०७९, मंगलवार ०७:२३


दमक । इलामको माङसेबुङमा अठासी गोल्डकप फूटबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्टिय विभूती महागुरु फाल्गुनन्दको एकसय ३८ औं जन्मजयन्तीको अवसरमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

माङसेबुङ गाउँपालिका ५ स्थित नेनदेनको निङबोदेन खेल मैदानमा कार्तिक १८ देख २५ गतेसम्म प्रतियोगिता हुनेछ । लालिगुराँश युवा क्लबले सो प्रतियोगिता गर्न लागेको हो ।

क्लबले झापाको दमकमा पत्रकार सम्मेनल गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष गजिन्द्र योङ्हाङले प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख एक सय एक रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने जानकारी दिए । दोस्रो हुने टोलीले ५० हजार एक सय एक रुपैयाँ पाउने छ ।

प्रतियोगिता अन्र्तगतको खेलमा प्रत्येक टिममा नौ जना खेलाडी हुनेछन् । प्रचलित फुटबलमा ११ जना खेलाडि हुन्छन् भने यसमा नौ जना हुन्छन् । खेलका नियम भने उस्तै हो ।

माङसेबुङमा अठासी देवीको मन्दिर रहेको छ । झापाको सतासी धाम देवी र माङसेबुङको अठासीधाम देवीलाई दिदी बहिनी मानिन्छ । अठासी देवीको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गजिन्द्रले जानकारी दिए ।

प्रतियोगितामा करिब नौ लाख रुपैयाँ खर्च हुने अनुमान छ । कार्तिक १६ भित्र दर्ता हुन आउने टिमलाई प्रतियोगितामा सहभागी गराइने भएको छ ।



प्रतिक्रिया दिनुहोस !