१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बजेटमा आजदेखि मन्त्रालयगत छलफल हुने

प्रकाशित मिति :  २३ जेष्ठ २०७९, सोमबार ०५:३६


काठमाडौं । आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमा आजदेखि मन्त्रालयगत छलफल सुरु हुँदै छ ।

बजेटमा सैद्धान्तिक छलफल सकिएपछि आजदेखि प्रतिनिधि सभामा मन्त्रालयगत छलफल सुरु हुन लागेको हो । मन्त्रालयगत शीर्षकमा छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । प्रतिनिधि सभामा आजदेखि २७ गतेसम्म बजेटमाथि मन्त्रालयगत छलफल हुनेछ ।

आज ६ मन्त्रालयको छलफल सुरु हुने  सम्भावित कार्यसूची हरेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रलाय, युवा तथा खेलकूद मन्त्रलाय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रलाय, वन तथा वातावरण मन्त्रलाय, शहरी विकास मन्त्रालय, भूमि व्यवसथ, सहकारी तथा गरिबी निवारण मन्त्रलाय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रलायको छलफल सुरु हुनेछ ।

जेठ २६ गते १२ मन्त्रालय र २७ गते बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकमा उठेका प्रश्नको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् । मन्त्रालयगत छलफल सकिएपछि बजेट पारित गर्ने प्रक्रिया सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !