१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले जिल्ला अधिवेशन : यी हुन् अहिलेसम्म निर्विरोध निर्वाचित अध्यक्ष

प्रकाशित मिति :  २५ पुष २०७८, आईतवार ००:३७


काठमाडाैं । १३ जिल्लामा नेकपा एमालेका जिल्ला अध्यक्ष सर्वसम्मत रुपमा चयन भएका छन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रेपलाञ्चाेक, भक्तपुर, गुल्मीमा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत रुपमा चयन भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ६३ जिल्लाकाे जिल्ला अधिवेशन भर्चुअल रुपमा उद्घाटन गर्नुभएकाे थियाे । अधिवेशन उद्घाटन भएका जिल्लाकाे जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया जारी रहेकाे एमालेले जनाएकाे छ ।

रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ,बाँके किस्मतकुमार कक्षपति र धादिङमा भूमि त्रिपाठी अध्यक्षमा निर्विराेध निर्वाचित हुनुभएकाे छ ।

अर्घाखाँचीमा पिताम्बर भुसाल,मोरङमा ऋषिकेश पोखरेल,काभ्रेमा अशोक व्याञ्जु,भक्तपुरमा बचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकाे रिजालले जानकारी दिनुभयाे ।

मजदूर विशेषतर्फ जितेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएकाे छ । पेशागत विशेषतर्फ उमेश ढकाल निर्विराेध निर्वाचित हुनुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !