१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एकै दिन बेलायतमा ३४ हजारमा कोभिड संक्रमण

प्रकाशित मिति :  १३ आश्विन २०७८, बुधबार ०९:०९


लण्डन । बेलायतमा मंगलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोभिड संक्रमण देखिएको जनाइएको छ ।

गएको २४ घन्टामा ती संक्रमितहरु थपिएका सो समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार पाँच सय २६ जना संक्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना संक्रमित पाइएको बताइएको थियो । तर मंगलबार भने ३४ हजार जनामा झरेको पाइएको छ ।

तर बेलायतका अधिकारीहरुले भने यहाँ हरेक दिन संक्रमितहरु बढ्दै गएको बताएका छन् । मंगलबार सो संख्या केही कमी आएको हो । त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र एक सय ६७ जनाको यो संक्रमणबाट ज्यान गएको पनि बताइएको छ । यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार तीन सय ७५ जना पुगेको पनि बताइएको छ ।

यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । लन्डनमा कोभिड- १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता संक्रमितहरु थपिने र ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको जनाएका छन् ।

उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका जानकारी दिएका छन् ।

– रासस



प्रतिक्रिया दिनुहोस !