१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

त्रिदेशीय सिरिजमा नेपालकाे सानदार सुरुआत २०७८ बैशाख ४ गते १६:१६ मा प्रकाशित

प्रकाशित मिति :  ४ बैशाख २०७८, शनिबार ११:१५


काठमाडाैं । त्रिदेशीय कप टी-२० क्रिकेट सिरिजमा नेपालले विजयी सुरूआत गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेकाे हाे । नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपाललाई जिताउन कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ६२ र आसिफले नटआउट ५४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रन जोडे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएकाे थियाे ।नेदरल्याण्ड्सका लागि बासडी लीडेले सर्वाधिक ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले नटआउट २० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २, साहब आलम र सोमपाल कामीले समान १-१ विकेट लिए ।

प्रतियाेगितामा नेपाल र नेदरल्याण्ड्ससहित मलेसिया सहभागी छ ।

-आईएनए न्युज एजेन्सी

 



प्रतिक्रिया दिनुहोस !