१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आरबीबी–एनभीए नेसनल मेन क्लव लिग भलिबलको उपाधि टीटीएचलाई

प्रकाशित मिति :  २६ चैत्र २०७७, बिहीबार ०८:२४


काठमाडौ । आरबीबी–एनभीए नेसनल मेन क्लव लिग भलिबल–२०७७ को उपाधि टीटीएच हेल्प नेपालले जितेको छ ।

आज भएको फाइनल खेलमा टीटीएचले एपीएफलाई २५–१४, २५–२० र २५–२२ को सोझो सेटले हराएको हो । जितसँगै उसले तीन लाख रुपैँया हात पारेको छ ।

खेलको उपबिजेता बनेको एपीएफले १ लाख ५० हजार रुपैँया जितेको छ । सो प्रतियोगितामा तेस्रो हुने टिमले ७५ हजार रुपैँया नगद प्राप्त  गरेको छ ।

विजेता टिम तथा खेलाडीले ट्रफी, मेडल प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।

आरबीबी–एनभीए नेसनल मेन÷ओमेन क्लव लिग भलिबल अन्तर्गत महिला तर्फको खेल भने आजबाट सुरु भएको छ ।
-आइएनए न्युज एज्न्सी



प्रतिक्रिया दिनुहोस !