१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध

प्रकाशित मिति :  १६ चैत्र २०७७, सोमबार ०८:२८


इस्लामावाद । पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोह गर्न नपाइने भएको छ ।

पाकिस्तान सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ । पाकिस्तानमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ ।  पाकिस्तानमा कोभिड १९ को संक्रमण नियन्त्रणका क्षेत्रमा कार्यरत सरकारको संयन्त्र नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले आइतबार विज्ञप्ति प्रकाशन गरेर यस विषयमा जानकारी गराएको थियो ।

उक्त सेन्टरले पाकिस्तानमा राजनीतिक सभा सम्मेलनहरुका साथै सांस्कृतिक र खेलकूदका लागि गरिने जमघटहरुमा पनि कडा रुपमा प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्धको अवज्ञा गर्नेहरुलाई कडा कारबाही गरिने पनि सो सेन्टरले प्रकाशन गरेको विज्ञिप्तमा जानकारी गराएको छ ।

यो नयाँ निर्देशनपछि यहाँका प्रान्तीय सरकारहरुले पनि यसको पालना गर्नुपर्ने भएको छ । सरकारले धार्मिक र सांस्कृतिक जस्तो विवाह आदिका कार्यहरुमा पनि जमघट हुन नपाइने जनाएको छ ।

यस्तो प्रतिबन्ध घरबाहिर सार्वजनिक रुपमा मात्र नभएर घरभित्रै पनि ठूलो संख्यामा मानिसहरु जम्मा हुन नपाइने जनाइएको छ । देशमा कोभिडका संक्रमितहरु बढ्दै गएकोले सबै नागरिक सजग हुनुपर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार सबै देशबासीहरुलाई राष्ट्रिय टेलिभिजनमार्फत् अपिल गर्नुभएको थियो ।

उहाँले देशमा कोरोना भाइरसको तेस्रो वेभको प्रकोप बढ्दै गएकोले यसबाट बच्न सबै नागरिकलाई सरकारले लागू गरेका नियमहरुको पालना गर्न पनि आग्रह गर्नुभएको थियो ।

– रासस



प्रतिक्रिया दिनुहोस !