२९ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपति कार्यालयमा आज सर्वदलीय बैठक

प्रकाशित मिति :  ३ चैत्र २०७७, मंगलवार ०३:४८


काठमाडौं । राष्ट्रपति कार्यालय सितलनिवासमा आज पूर्वप्रधानमन्त्री सहितको सर्वदलीय बैठक बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बैठक बस्न लागेको हो ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, पूर्वप्रधानमन्त्रीहरु तथा नेपाल सरकारकारका मन्त्री सहभागि हुनुहुने छ । बैठक दिउँसो ४ बजे बस्ने छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेतालाई बोलाइएको छ । यसैगरी पूर्वप्रधानमन्त्रीहरुलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

राष्ट्रपतिले वर्तमान राजनीतिक अवस्था र निकासको बारेमा छलफल गर्न सर्वदलीय बैठक आयोजना गर्न लाग्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस !