७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संघीय संसद्को बजेट अधिवेशन आजदेखि

प्रकाशित मिति :  २८ बैशाख २०८१, शुक्रबार ०८:३६


काठमाडाैं । संघीय संसद्को बर्खे तथा बजेट अधिवेशन आज सुरु हुँदैछ ।

संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे २ बजे बोलाइएको संसद् सचिवालयले जनाएकाे छ ।

त्यसअघि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । आजकाे बैठकमा सबै दलका शीर्ष नेताले सम्बाेधन गर्ने तयारी छ ।

संसद्को अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर अवराेध गरेकाे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यो अधिवेशन पनि अवराेध गर्ने देखिन्छ । सहकारी ठगी काण्डमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर सत्तारुढ दलले भने व्यक्ति केन्द्रित संसदीय छानबिन समिति बनाउन नहुने बरु समग्र सहकारी समस्याकाे विषयमा छानबिन समिति बनाउनुपर्ने बताउँदै आएका छन् ।

यसअघि बिहीबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बिना निष्कर्ष टुंगिएको थियो । बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउनुपउर्ने माग यथावत रहेकाे बताउनुभएकाे थियाे । यसअघि सभामुखले बाेलाएकाे शीर्ष नेताहरुसँगकाे बैठकमा पनि कांग्रेसले साेही अडान दाेहाेर्‍याएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !